अमेरिका बसाईको सिलसिलामा छोरीको साथीको घरमा पाहुना हुन गयौं । हामीलाई बोलाउने छोरीको साथीको बुबा त नेपालको पूर्व मन्त्री एवं कट्टर कम्युनिस्ट नेता पो रहेछन् । नेपालमा हुँदा उहाँको भाषणमा शुरुदेखि अन्तसम्म अमेरिका विरूद्ध सत्तोसराप हुन्थ्यो ।
त्यहाँ मैले आफूलाई रोक्न सकिन नेताज्यूलाई सोधिहालेँ, 'नेताज्यू सर्वप्रथम अमेरिकालाई यस्तो निन्दा गर्ने हजुर जस्तो मान्छे यहाँ देख्दा अचम्म लाग्यो । कस्तो लाग्यो त अमेरिका ?’
'कस्तो लाग्यो भन्नू खै ? भौतिक विकासको त कुरै नगरौँ सुनेकै हो देखियो ।’
'हजुरले सुनेको बुझेको जस्तै रहेछ त अमेरिका ? के अमेरिका पूँजीवादको विकृति बेथिति र भेदभावको पहाड नै हो त ?’
मैले एकैचोटी दुई प्रश्न गरेंँ । होइन ! होइन !! कठोर मेहनत र अनुशासनले मात्र देश बन्दो रहेछ ।
नातिको जन्मको सिलसिलामा देखेँ, 'यहाँको स्वास्थ्य, शिक्षा र बच्चा जन्मँदा आमा र बच्चाको लागि राज्यले गर्ने बन्दोबस्त देख्दा हामीले खोजेको समाजवाद त यहाँ पो रहेछ । समाजवाद आउनु पहिला समृद्धि आउनु पर्ने रहेछ ।’
- भक्तपुर


No comments:
Post a Comment