सरकारले “मैत्री उपहार” भन्दै एकजोडी हात्ती विदेश पठाइयो त्यो पनि मरुभूमिको देश । कागजमा उपहार लेखिए पनि व्यवहारमा तिनलाई बेचेर पठाइएको आम जनधारणा थियो ।
विदेशको भव्य चिडियाखानामा राखेर नेपाली हात्तीलाई प्रदर्शनमा राखियो । मानिसहरू फोटो खिच्थे, ताली बजाउँथे, हाँस्थे, रमाइलो गर्थे ।
तर हात्तीको आँखामा चमक थिएन ।
उ त्यो भीडतिर हेर्थ्यो, कहिलेकाहीँ सुस्तरी आँशु झार्थ्यो ।
उसको मौन आँखाले अनुनय गर्थे— “मलाई मेरो जङ्गल चाहियो, मेरो माटो चाहियो, मलाई घर फर्काइदिनुहोस् ।”
आगन्तुकहरू त्यसलाई “दया लाग्दो दृश्य” भन्थे ।
कसैले भने—“कति भावुक जनावर !”
तर कसैले बुझेन, त्यो विस्थापनको पीडा ।
हात्ती बोल्न सक्दैनथ्यो ।
र बोल्न नसक्नेको भाषा .
सुन्ने कान त झन् दुर्लभ रहेछन् ।
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment