Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


 
शहरमा घर मात्रको भिड हैन पानीहरूको पनि भिडभाड हुन्छ ।

चैत वैशाखको अत्याधिक गर्मी मौसम पानि पर्ने र शितलता दिने छाँट देखिदैंन । घुमफिरमा रमाउन र छुट्टी मनाउन निस्के । शहरको व्यस्त ठाउँमा पुग्दा पानीले पानी बोकी पानीलाई नै बेच्नेहरूको दृष्य आँखामा र मनमस्तिस्कमा पर्‍यो । पानी बेच्न हिंडेकाहरू निक्कै असिन पसिन गर्दै प्यासलाई बिर्सदै भिडहरूमा पानी किन्दिन आग्रह गर्दै थिए ।

ओठ तालु सुकाइ तिर्खाले निलो ओठ पारेको एउटा सुक्न लागेको पानीलाई लगलग काम्दै भिडका पानीहरूमा आफ्नो पानी किन्दिन आग्रह गरेको दृष्य धेरै अगाडि देखि मपानीले नियाली रहेको थिएँ । विचार उठ्यो आफैले बेच्ने पानी आफैले पिउँदा त आफैको प्यास मेटिन्छ र शितल भै जोस आउँछ । मपानी नजिकै त्यो पानी बेच्न आयो मलाई पानी किनीदिन आग्रह गर्‍यो मैले कति पैसा भनेर सोधें । तिस रुपैयाँ उसले भन्यो ।

मपानीले बोतल खोले उक्त सुक्न लागेको पानीलाई पिउन भने उसले भन्यो यो त तपाईंको हो मैले पिउन सक्दिन । तब मैले भने तपाईंको पैसा मैले दिइसके अब किन ? आफूलाई सुकाउनु हुन्छ पिउनुस् । त्यसपछि मैले पिँउला । धेरै आग्रहपछि सुक्न लागेको पानीले आँखाबाट बलिन्द्र आँसु झार्दै पानी पियो । मपानीले त्यो सुक्न लागेको पानीको अनुहार हेर्दै बोतलको पानी घटघट पिएँ । त्यो पानीले मपानीलाई हेर्दै भन्यो; ताजा हुनेहरूले सुक्न लागेकाको मर्का पीर बुझ्न सके पो ताजा नत्र केको ताजा । त्यो पानीको यस्तो कुरा ले मपानीलाई उहिलेको भनाइको झल्को आयो कि ? बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि ।

- काभ्रेपलान्चोक नमोबुद्ध न.पा १०

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment