पशुपति आर्यघाटको घाट नं. दश । त्यहाँ पचास पच्पन्न वर्षको एउटा पुरुषको लास जल्दै थिए । दुई जनाले लास जलाउँदै थिए । अन्त्यस्तिमा सामेल भएकाहरू मृतकको आत्मालाई श्रद्धान्जली स्वरुप जल अर्पण गरी विस्तारै आ–आफ्ना निवास तर्फ फर्किन्दै थिए ।
घाट नजिकै पैंतालिस पचास वर्षको एक जना पुरुष, जलिरहेको लासलाई असिम आनन्दका साथ मुस्काउँदै टुक्रुक्क बसेर हेरिरहेका थिए । सँगै आएका मलामीहरू फर्किसके । ऊ फर्केन । लास जलाउनेले जलाइरहे । अन्य घाटमा लास जलि नै रहे । उसले त्यसरी नै हेरी रहे । तर त्यस व्यक्तिप्रति खासै कसैको ध्यान नै गएन । दाहसंस्कारको अन्तमा ।
“ए हजुर ! अब खरानी सेलाउने समय भयो आनुस् ।” लास जलाउँदै गरेका एक जनाले उसलाई शुरुदेखि हेरिहेको देखेर उसैलाई लक्ष गरेर भने ।
यो सुनेर त्यो मान्छले घृणाले भुईंमा थुक्दै– “यो मेरो महा शत्रु थियो । महा पातकी…। यसलाई यसरी नै जलेर खरानी भएको हेर्ने, ठूलो इच्छा थियो मेरो…। मैलै हेरें । धित मरुन्जेल हेरें ।” अट्हास गर्दै उ त्यहाँबाट उठेर हिँड्यो ।
- सितापाइला, नागर्जुन नपा–४, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment