Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

विजयोत्सव


-सुरेश काफ्ले 'विदारक'
इटहरी-८, सुनसरी  



मानव जाति र कोरोनाको विश्वयुद्ध चलेको थियो । कोरोनाको हतियार भाइरस थियो । मानव जातिसँग विज्ञान हतियार थियो । भाइरस नयाँ र अनौठो थियो ।

यो युद्धमा विजय हुँदै गएकाले कोरोना जाति खुसीयालीमा विजयोत्सव मनाउँदै थिए । विजयोत्सवमा कोही बहादुरीको छाती फुकाएर मानव लासमाथि नाचिरहेका थिए । कोही निरीह मानव निर्मित विज्ञानलाई गिज्याइरहेका थिए । विचरा मानव सुगाजस्तै टुलुटुलु हेरिरहेको मात्र थिए ।

‘साथीहरू, हाम्रो शक्तिको मानवले अनुमानसम्म गर्न सकेनन् । पृथ्वी गोलो छ भन्ने यिनीहरूले बिर्सेका थिए । यिनीहरूसँग विज्ञानको घमण्ड थियो । अब त थाहा भयो होला नि प्रकृति शक्तिभन्दा ठूलो यो ब्रह्माण्डमा कोही छैनन् ।’ सबैले गडगहाड तालीले सर्मथन गरे ।

‘मानवले पनि खुसीयाली मनाउने बेला आएको छ । हामीले सोमत सिकाएका छौं । यिनीहरुमा मानवीयता हराउँदै थियो । सहयोग र विश्वास भन्ने शब्द दुर्लभ थियो । आपसमा युद्ध, हत्या, अपहरण र हिंसाबाहेक केही थिएन । अब त केही सिक्लान् भन्ने आशा छ । समस्त मानवमा भाइचाराको सम्बन्ध विकास होस् मेरो शुभकामना छ ।’ अलि बलियो सायद प्रधानमन्त्रीसँगै उच्च जोडदार तालीले सबैले शुभकामना व्यक्त गरे ।

‘अझै पनि यिनीहरु अटेरी नै छन् । यदि सच्चिदैनन् भने अझै पनि सामना गर्न हामी तयार छौ ।’ सबैले एक मुख लाएर भने ।

कोरोनाको एउटा गुप्तचर सैनिक हस्याङ्फस्याङ गर्दै दोडिँदै आयो । सबैले उसैलाई के भयो भनि सङ्केत गरें । उसले चिच्याएर भन्यो- ‘मानवले विजयोत्सवको जुलुस निकालेका छन् । विज्ञानले हाम्रा विरुद्ध भ्याक्सिनको हतियार निकाल्यो रे !’


No comments:

Post a Comment