खुसी
- रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
माथिबाट पहिरो आयो । सडकमा गुड्दै गरेको एउटा गाडीलाई पहिरोले पुर्यो । चिच्याएको आवाज सुनिँदै थियो । एकछिनपछि आवाज आउन बन्द भयो ।
“धन्न हाम्रो गाडी कटिहाल्यो र बचियो ।” खुसी व्यक्त गर्दै एउटा यात्रु फोनमा बोल्दै थियो ।
“हाम्रो गाडी ठ्याक्क पछाडि नै थियो । बचियो ।” अर्को यात्रु पनि खुसी व्यक्त गर्दै थियो ।
बाँचेका मान्छेहरू हाँस्दै, रमाउँदै र खुसी साटासाट गर्दै थिए ।
मर्ने मान्छेका बारेमा दुःख र सहानुभूति व्यक्त गर्ने मान्छे त्यहाँ कोही थिएनन् ।
---------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment