संस्कार
- छविलाल खड्का
उनका दुई छोरासहित सानो परिवार । छोराहरू पढाइमा लगनशील थिए । गाउँलेहरू भन्थे, ’हुने विरुवाको चिल्लो पात ।’
जेठो छोरा लक्ष्मीनारायण नामी व्यापारी बने । उनको दिनमै लाखौंको कारोवार हुन्थ्यो । कान्छो छोरा बुद्धिप्रकाश उच्च पदस्थ सरकारी कर्मचारी । जनताको सेवामा समर्पित ।
बुको मृत्युपछि दुई दाइभाइ बीचको सम्बन्ध चिसिँदै जान थाल्यो । भुसको आगो झै सल्किरह्यो । दसैँमा जेठो चिल्लायो, ’तँ नालायक ! सहसचिवको मुकुण्डो भिरेर त्यै भ्रष्टाचारी आँखाले मेरो ईष्र्या गर्छस् ।’
कान्छो पनि उफ्रियो- ’तैंले ब्यालेकमेल गरीगरी थुप्राएको कालोधन कसलाई थाह छैन र ? अझ मेहनतको फल देख्छस् । मर्दा कीरा परेर मर्छस् ।’
कटाक्ष गालीगलौज सुनेर सबैले भने, ’घरानीयाँ व्यापारी र राष्ट्र सेवक कर्मचारी ! देख्यो राजनीतिक संस्कारको प्रभाव !’
...साथ सहयोगको खाँचो

No comments:
Post a Comment