Thursday, December 5, 2024

अनुवाद लघुकथा (अङ्क १८ मा प्रकाशित)

असली नोट

- डा. शीला तिवारी 


मिसेज वर्माले आफ्नो छोराको जन्मदिनमा पार्टी दिएको थियो । नेहाले बेलैमा काम सकाइन् र पार्टीमा हिड्न हतार गर्दै थिइन् । उनले दुवै छोरीलाई पनि तयार पारिन् ।

नेहाले छोरीहरुलाई लिएर सरासर मिसेज वर्माकी घर पुगिन् । त्यहाँ मिसेज वर्मा अतिथिको स्वागत सत्कार गर्न व्यस्त थिइन् । जब नेहा त्यहाँ पुगिन् । मिसेज वर्माले मधुर मुस्कान छर्दै बोलिन्- तिमीहरुलाई स्वागत छ, तिमी निकै ठाँटिएर आयौं नि । नेहाकी दुवै छोरीलाई सुम्सुम्याएर मिसेज

वर्माले पुनः बोलिन्- हेर, नानी हो । नोट जाली(नक्कली)पनि हुन्छ । यसमा होश गर है !

यो कुराले नेहालाई कस्तो-कस्तो लाग्यो । यतिबेला उनलाई केही भन्न मन लागेन । बीस वर्षपछि नेहाकी एक छोरी डाक्टर र अर्की छोरी बैंक मैनेजर भइन् । मिसेज वर्मा अतीतका कुरा सम्झदैं बोलिन्- हेर, असली नोटको बित्ता भनेको यस्तो हुन्छ ।

अनुः गगनदीप सर्व


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment