Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


एकदिन बिहान मर्निङवाक गर्दा बीच बाटोमा पुगेपछि बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेपछि आज मेरो साइत परेन भनेर मैले मनमनै भन्ठानेँ । मर्निङवाक गरेर बुढानीलकण्ठ नारायणथान पुगेपछि भगवान्‌को दर्शन गरे । दर्शन गरेर घर फर्कन लाग्दा आफ्नो घरमा पूजा गर्नको लागि सालको पात किन्न खोज्दा एक मुठा सालको पात कति ? भनेर प्रश्न गरे । पसले दाजुले ‘एक मुठाको सय रुपैयाँ’ भन्यो । 'अस्तीसम्म पचास रुपैयाँ मुठा पर्ने सालको पात सय रुपैयाँ पुगेछ नि पसले दाइ’ मैले भनेँ । 

सालको पात अर्को पसलमा बेच्न राखेको देखेर पसलको साहुनीसँग ‘पात मुठाको कसरी’ भनेँ । साहुनीले ‘मुठाको सय रुपैयाँ’ भनिन् । साहुनीले मुठाको सय रुपैयाँ भनेपछि ‘आज मेरो साइत परेन साहुनी अस्तीसम्म पचास रुपैयाँ मुठामा किनेर लगेको पात आज त सय रुपैयाँ डबलै भएछ नि’ मैले भनेँ । 

साहुनीले ‘आज दाइको साइत परेन अब तीन चारदिनपछि किन्न आउनु होला पातको मूल्य फेरि घटेर आउँछ’ साहुनीले भनिन् । ‘आज म यता आउँदै गर्दा बीच बाटोमा बिरालोले बाटो काटेको थियो नि साहुनी त्यसैले मेरो साइत परेन’ मैले चित्त बुझाएर भनेँ ।

-बूढानीलकण्ठ–४, पासिकोट, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment