Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


सन्ध्याकालको ओसिलो उज्यालोमा रमा दर्पणअगाडि उभिएकी थिई । आँखा सुकेका थिए, तर मन भिजेको थियो।

बाहिरको संसारले उनलाई सधैं “सुन्दर देह” भनेर सम्झियो, तर कहिल्यै “थाकेको आत्मा” देखेन । हरेक स्पर्शले उसको शरीरलाई त छुन्थ्यो, तर आत्मालाई कहिल्यै छुने प्रयास गरेन ।

आज ऊ आफैंसँग संवाद गर्दै थिई—
“के प्रेम शरीरको भूगोल हो, वा आत्माको संयोग?”

दर्पणले केही बोलेन, तर त्यसको सतहमा उसको प्रतिबिम्ब बिस्तारै मुस्कुरायो— मानौं अर्को ‘रमा’ त्यहाँ बाँचिरहेकी छ ।

रमाले हात बढाई दर्पण छोइन् । चिसो काँचको पारिपट्टि उभिएकी ती ‘रमा’ले पनि त्यही गरिन् ।

एक क्षणका लागि दुवै बीचको सीमाना हरायो ।

उसलाई लाग्यो— “यौन भनेको त दुई शरीरको संगम होइन, दुई आत्माको पहिचान हो ।”

त्यो क्षणमा ऊ रोइरही, र दर्पणको सतहमा एक थोपा आँसु टाँसियो ।

अर्को बिहान जब ऊ ब्युँझी, दर्पणमा आफ्नै अनुहार नभएर एउटा खाली प्रकाशमात्र झल्किरहेको थियो— मानौं, ‘रमा’ अन्ततः आफैंभित्र समाहित भइसकेकी थिई ।

 -इटहरी, सुनसरी

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment