काठमाडौँको एक चल्तीको रेष्टुरेन्टमा अमेरिका निवासी दयानन्द अधिकारीको कथासङ्ग्रह 'दोहरो चरित्र’को लोकार्पण कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रख्यात कवि मोहन पुष्प थिए ।
कार्यक्रम समाप्त भएपछि म बाहिर निस्कँ । संयोग नै भन्नुपर्छ, कार्यक्रमको प्रमुख अतिथिसँग सडकमा भेट भयो ।
"पदमजी, आउनुहोस्, मेरो कारमा जाऊँ । तपाईंलाई घरसम्म छोडिदिन्छु ।’’ प्रख्यात कविको आग्रह मैले टाल्न सकिनँ । कारमा बसें ।
कार सडकमा दौडिन थाल्यो । कवि मोहनले मतिर हेर्दै भने, “दयानन्द अमेरिकामा बस्छन् । चार पाँचओटा स्टोरका मालिक हुन् । प्रायः हरेक वर्ष नेपाल आउँछन् र एक दुई पुस्तक लोकार्पण गर्छन् । अमेरिकामा यिनले निकै कमाएजस्तो छ । लेखाइ भने केही छैन । अर्थ न बर्थका कुराहरू लेख्छन् तर आफूलाई ठुलो कथाकार, साहित्यकार भन्छन् । खासमा यी दयानन्द डलरे साहित्यकार हुन् ।’’
“अघि प्रमुख अतिथि भएर भाषण गर्दा त तपाइँले दयानन्दको प्रशंसा गर्नुभएको थियो । दयानन्दलाई विदेशमा बसेर पनि नेपाली साहित्यको विकासमा लाग्ने एक इमान्दार साहित्यकार भन्नुभएको थियो । उनलाई नेपाली साहित्यको एक उदयीमान तारा भन्नु भएको थियो त !’’ मैले सोधेँ ।


No comments:
Post a Comment