गाउँको सुनसान गोरेटोमा आज पनि साँझ अलि छिट्टै ओझेलियो ।
हावामा कुनै अदृश्य करुणाद्र्रता झुन्डिएको थियो— जस्तो कि कसैले मौन चित्कारलाई आकाशमा टाँसेको होस् ।
उनी—सानो देहभित्र ठूलो त्रास बोकेकी बालिका —
ओसिलो भित्ताको कुनामा गुम्सिएकी थिइन् ।
ओठहरू कम्पायमान, तर स्वर निष्प्राण ।
नयनहरूमा आँसु थिएनन्, केवल स्तब्ध आक्रोशको निःशब्द व्योम थियो ।
उनले हिजोको रात सम्झिन खोजिन्
तर स्मृति आफैँले आँखा चिम्लियो,
जस्तो कुनै दारुण सत्यलाई समयले पनि सहन नसकेको होस् ।
“आमा…”
शब्द जन्मन खोज्यो, तर घाँटीमै गलित भयो ।
बाहिर गाउँलेहरू भेला हुँदै थिए—
न्यायको कुरा, इज्जतको कुरा, दोषीको खोजी ।
–बौद्ध कुमारीगाल, काठमाडौंँ
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment