"नेपाल दुई ढुङ्गा बीचको तरूल हो ।’’ मेरो कानमा आवाज गुञ्जियो ।
पल्याकपुलुक चारैतिर नियालेँ । कोही थिएन । आफू भने सिँहासनमा विराजमान थिएँ । राष्ट्रनिर्मातालाई सम्झेर प्रणाम गरेँ । मनमा विचार आयो, "आजका सत्तासिनहरूले यो उपदेशलाई आत्मसात गरेको भए यसरी नेपाल आमाले पीडा बोक्नु पर्ने थियो र ?’’
– अचानक बादल गर्जियो । पृथ्वीभर बत्तीको चहकिलो प्रकाश फैलियो । ठूलो प्रलयको आशङ्कमा म थरथरी काप्न थालेँ ।
– "ए हजुर, बिहानको साढे सात बजिसक्यो । चिया ल्याएँ । उठ्नु त !’’ श्रीमतीको आवाजले म ब्युझिएँ ।
– "कस्तो भयानक सपना देखेँ ।’’ भन्दै आँखा मिच्न थालेँ । हातमा चिया थमाएर उनी बाहिरिन् ।
– चियाको चुस्की लिँदै एक्लै बर्बराएँ, "वाइयात ! बकवास ! आजको राजनीति !’’
– सोचको गहिराइमा डुब्दै गर्दा विद्यार्थीमा पढेको राजनीतिक इतिहास सम्झिएँ । बि.सं १८२५, १९०३, २००७, २०१७, २०३६ साल सबै सम्झिएँ ।
– वीरताका गाथा, शासक र शासन व्यवस्था, सहिदहरू, राजनेता र जननेता पनि सम्झिएँ । २०४६ सालको जन आन्दोलन र २०६३ सालको माओवादी आन्दोलनको यात्रामा भोगेका सबै सबै घटनाहरू चलचित्रमा रिल घुमेझैँ मष्तिष्कमा घुम्न थाले ।
– रिसले मुर्मिरिएर आफैँसँग सोधेँ, "नेपाल आमाको वैभवताको रक्षा र सन्ततिको सपना पूरा गर्न के गर्नु ?’’
– देववाणीको आभाष भयो, ’’मुखुण्डोधारी देशप्रेमी गद्धारहरूको समूल नाश !’’
–तीनकुने, काठमाडौँ


No comments:
Post a Comment