Thursday, April 2, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


दैनिक श्रमको मौन लयमा बाँधिएकी ती महिला, त्यस दिन पनि सधैँझैँ कुच्चो चलाउँदै थिई । सफाइको क्रममा मालिकको कोठामा राखिएको सानो शीशी ठोक्कियो— तरल फैलियो । गन्धले संकेत गर्‍यो— त्यो परीक्षणका लागि राखिएको पिसाब थियो ।

क्षणभर ऊ स्तब्ध भई । गल्ती लुकाउने हतारमा, बाथरुमतिर लागी—
र खाली शीशी आफ्नै पिसाबले भरिदिई ।

भोलिपल्ट, मालिक परीक्षणको प्रतिवेदन लिन गए। चिकित्सक मुस्कुराए—
“बधाई छ, तपाईं गर्भवती हुनुहुन्छ ।”

मालिक चकित भए, र एकाएक घरको सफाइ गर्ने ती मौन हात सम्झिए ।

त्यस दिन, एउटा सानो शीशीले मात्र होइन—विश्वास, सत्य र पहिचानको सीमारेखा पनि उल्टाइदिएको थियो ।  

–चाबहिल, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment