"यसको प्रश्नको म के जवाफ दिऊँ ?’’ कहिले 'सेनेटरी प्याड'का बारेमा सोध्छे त कहिले विकसित हुन लागेका कुनै विशेष अङ्गका बारेमा ।’’
“प्रभु ! मैले त हजुरसित सन्तान मागेको थिएँ तर हजुरले ….. हजुरले त जन्मनेबित्तिकै यसलाई आमाबाट टाढा बनाइदिनुभयो । मान्छेले जेसुकै भनुन् तर म यसलाई एउटा राम्रो मानिस बनाउँछु, ठ्याक्कै यसको नामजस्तै ।’’ यो सोचेर रमेश बाबु फुर्तीका साथ उठे र प्राञ्जललाई उठाएर खुला आकाशमा उडिरहेका चरा अनि रङ्गीबिरङ्गी पुतलीका बीचमा छोडिदिए ।
“बुबा ! हजुरले मलाई यहाँ के देखाउन ल्याउनुभएको हो ?’’ प्राञ्जलले फेरि सोधी ।
रमेश बाबुले कुनै उत्तर दिन सकेनन्, त्यसपछि उनले पुतली समातेर प्राञ्जलको हातलाई जोडसँग समाए ।
“बुबा…, हजुरले यो के गर्नुभएको ?’’ प्राञ्जल बेस्सरी चिच्याई ।
“छोरी ! तिमी केटा या केटी नभए पनि हाड मासुले बनेकी एक मानिस हौ । तिमीले स्त्री–पुरुषको लिङ्गबाट अलग रहेर धेरै प्रगति गर्नु छ । तिमी मेरै रगत हौ ! तिमी कतै होइन, जीवनभर मैसँग रहने छौ ।’’
आकाशमा उडिरहेका पन्क्षीलाई देखेर प्राञ्जलले ताली बजाइरहेकी थिई । रमेश बाबु एकोहोरो प्राञ्जलले ताली बजाएको हेरिरहेका थिए ।
उसको तालीको आवाजले अब भने बुबाको छटपटी होइन, वकिल, न्यायाधीश, डाक्टर एवम् शिक्षकको सरसराहट सुनाइरहेकी थिई ।
- गाजीपुर, उप्र, भारत
अनुवादः डा. पुष्करराज भट्ट
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment