Monday, July 13, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


म सधैँ झैँ रेलको यात्रामा निस्केँ । ठन्डी महिना बिहानको चिसो मौसम, ज्यान तताउन पसलबाट एउटा तातो कफी किने र रेलमा चढेँ ।

रेलमा यात्रुहरूको खाचाखाज थिए । म पनि त्यही भिँडमा थपिएँ । रेल ठाउँ–ठाउँमा रोक्दै गइरहेको थियो । 

रेलको दौडमा हातको कफी एक्कासी छचल्केर अगडि सिटमा बसिरहेका एक यात्रुको ज्यानमा नमाज्जले पोखियो । म एकदम डराएँ । दुई हात जोडी विन्ती बिसाएँ । तर वहाँले सहर्ष रूमालले आफ्नो ज्यानको कफी स्वयम् पुछ्नु भयो । माफी स्वीकारेकोमा म पनि खुसी भएँ । 

वहाँको मुखमा आक्रोशको सट्टा मुस्कान देखेर मलाई झन् अचम्म लाग्यो । र मुस्कानको रहस्य खोज्न इच्छा जाग्यो र सोधे, 

“मेरो कफीले तपाईंको ज्यानको कपडा बिगरिदिएँ तर तपाईंले त गालीको बदला मलाई उल्टै मुस्कान दिनु भो नि ! तपाईंको ठाउँमा अरू कोही भएको भए आज मलाई गाली बेइज्जतको वर्षा बर्सिन्थ्यो होला, धन्यवाद हजुर !”

“वहाँले फेरि मुस्कुराउँदै नै जवाफ दिनु भो, 

हामी मानव हो जानीजानी गल्ति कसैले गर्दैनन् यी गल्तीहरू अन्जानमा हुने कुरा हो । हजार गल्तिहरूबाट एउटा उत्कृष्ट काम गर्न सक्षम हुन्छौँ हामी । त्यसैले मप्रति धेरै लज्जित नहुनुस् ? म बुझ्छु । हुन्छ भने लिनुस् यो एउटा मेरो उपहार ?’’

बडो अचम्म र भावुकतासाथ मैले वहाँको पुस्तक उपहार ग्रहण गरेँ र हेरेँ । शीर्षकमा “गल्तीहरू” कृतिको पछाडि कभरमा नामसहितको वहाँको चेहेरा देखेँ ।

त्यसपछि मैले अनुभुति गरेँ । फल लागेका बोट अवश्य झुक्दा रहेछ ।

 - धार्चे– ६ काशीगाउँ गोरखा हाल–जापान

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment