"बुज्रुग हुन लागेका पाण्डेले पूरै जिन्दगीमा एउटा मात्र सपना देखेछ, "अवकाशपछि आराम गर्ने हुँ ।’’
जागिरमा अलिकति थोरै हप्ता मात्र बाँकी छ अवकाशको दिन आउन । दशैं तिहार पनि आउन लागेछ, त्यत्तिकै समयमा । पाण्डेको स्वास्नीले भनिन्, "अहिले नै अवकाश लिए हुन्न र ? बच्चाहरूसँग पनि
रमाइलो गरी दिन बिताउन पाउनेछ होला !’’
दशैं तिहार सिद्धिएपछि अवकाशको दिन आयो । अवकाश भयो पनि ।
पहिलो दिनमा बिहानै चिया पियो । अखबारको आलेखहरू पढ्यो र समाचार पनि अन्तमा पढ्यो ।
पहिलो हप्ता सिद्धिन लाग्यो । बिहानै चिया पिउन सिद्धिनासाथ अखबार पढ्यो र राम्रोसँग रमाइलो मनायो ।
पहिलो महिनामा छोरोले भनेछ, "बुवाज्यू ! तपाईं घरमा रहुञ्जेल नोकर्नीले घरको कामै गरिनन् । तपाईं गाली गरिरहनुहुन्छ ।’’
तेश्रो महिनामा बुहारीले भनिन्, "बुवाज्यू ! तपाईंको कुनै रुचि छैन कि कसो हो ?’’
छ/छ महिनापछि छिमेकीले भन्यो, "अवकाश पाएछ । ठुलै भाग्यमानी रहेछ पाण्डेज्यू ।’’
पाण्डेले विचार गर्यो, "ठुलै भाग्यमानी ? के म भाग्यमानी छु र ?’’
एक बर्षपछि पाण्डेज्यू बिहान ४ बजेमैँ उठ्यो तर कामको लागि होइन । कारण हो निद्रा नै आएन ।
बत्ती नबालिकन अँध्यारो कोठामै चुप लागेर बसिरह्यो । मानौँ कि आराम गरिरह्यो । १ घण्टा पछि मुख धुन गएको बेला बुहारीले भनिन्, "अब दिनदिनै बिहान सबेरै पशुपति मन्दिरमा घुम्न जाने अभ्यास गर्नुहुन्छ भन्ने मेरो मनमा आशा पलाएछ बुवाज्यू ।’’
"हवस् त म अहिल्यै जान्छु । जाने अभ्यास गर्नेछु ।’’ पाण्डेले खुशी हुँदै जवाफ दियो ।
–बालकुमारी, ललितपुर–९


No comments:
Post a Comment