Monday, June 15, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


"बुज्रुग हुन लागेका पाण्डेले पूरै जिन्दगीमा एउटा मात्र सपना देखेछ, "अवकाशपछि आराम गर्ने हुँ ।’’

जागिरमा अलिकति थोरै हप्ता मात्र बाँकी छ अवकाशको दिन आउन । दशैं तिहार पनि आउन लागेछ, त्यत्तिकै समयमा । पाण्डेको स्वास्नीले भनिन्,  "अहिले नै अवकाश लिए हुन्न र ? बच्चाहरूसँग पनि

रमाइलो गरी दिन बिताउन पाउनेछ होला !’’

दशैं तिहार सिद्धिएपछि अवकाशको दिन आयो । अवकाश भयो पनि ।

पहिलो दिनमा बिहानै चिया पियो । अखबारको आलेखहरू पढ्यो र समाचार पनि अन्तमा पढ्यो ।

पहिलो हप्ता सिद्धिन लाग्यो । बिहानै चिया पिउन सिद्धिनासाथ अखबार पढ्यो र राम्रोसँग रमाइलो मनायो ।

पहिलो महिनामा छोरोले भनेछ,  "बुवाज्यू ! तपाईं घरमा रहुञ्जेल नोकर्नीले घरको कामै गरिनन् । तपाईं गाली गरिरहनुहुन्छ ।’’

तेश्रो महिनामा बुहारीले भनिन्, "बुवाज्यू ! तपाईंको कुनै रुचि छैन कि कसो हो ?’’

छ/छ महिनापछि छिमेकीले भन्यो, "अवकाश पाएछ । ठुलै भाग्यमानी रहेछ पाण्डेज्यू ।’’

पाण्डेले विचार गर्‍यो, "ठुलै भाग्यमानी ? के म भाग्यमानी छु र ?’’

एक बर्षपछि पाण्डेज्यू बिहान ४ बजेमैँ उठ्यो तर कामको लागि होइन । कारण हो निद्रा नै आएन ।

बत्ती नबालिकन अँध्यारो कोठामै चुप लागेर बसिरह्यो । मानौँ कि आराम गरिरह्यो । १ घण्टा पछि मुख धुन गएको बेला बुहारीले भनिन्,  "अब दिनदिनै बिहान सबेरै पशुपति मन्दिरमा घुम्न जाने अभ्यास गर्नुहुन्छ भन्ने मेरो मनमा आशा पलाएछ बुवाज्यू ।’’

"हवस् त म अहिल्यै जान्छु । जाने अभ्यास गर्नेछु ।’’ पाण्डेले खुशी हुँदै जवाफ दियो ।

–बालकुमारी, ललितपुर–९

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment