राजनीतिक कला
-गोम विक्रम
कल्लाबारी, पाल्पा
"संसार बदल्छु भन्ने महङ्खवाकांक्षा र दर्शन बोकेर उदाएका विशिष्ट व्यक्तित्वहरू बीचैमा हराएर गएका हुन्छन् ।’’
कुराकानीको प्रसङ्गमा उसले भन्यो ।
“जनताको मन जितेर टिकाउ सोचले काम गर्नुप-यो नि त ।” मैले जवाफमा भनेँ ।
हामी यस्तै समसायिक विषयमा गफिँदै थियौंं । राजनीति, समाजसेवा, विज्ञान, साहित्य, कला सबैजसो क्षेत्रमा स्थापित व्यक्तित्वहरू खोजियो धुइँपत्तालसित । थुप्रै सम्भावना बोक्नेहरूको प्रतिष्ठा कहीँ कतै टिकेको देखिएन । त्यस्तै विश्वस्तरका सम्मान र पुरस्कार थापेर अन्तर्राष्ट्रिय छवि बनाएकाहरूले समेत ठाउँ पाएको पनि भेटिएन ।
“यसो सोच्छु ऊ स्वतन्त्र राजनीतिबाट उदाएर संसार हल्लाइदिन्छ । दुनियाँ वाहवाही छ । यताबाट उसलाई राजनीतिज्ञहरूले ‘पागल’ बनाइदिएका छन् ।”
“ऊ कला क्षेत्रको मूर्धन्य व्यक्तित्व हो । सानो मुलुकबाटै तहल्का पिट्यो । उहीँ क्षेत्रकाले ’एड्स’ लगाइदिएपछि समाप्त प्रायः भयो ।
“उसले विज्ञानको क्षेत्रबाट मुलुकमा आमूल परिवर्तन ल्याएर देशकै गहना कहलिएको थियो । स्वच्छ मनले भरोसा लाग्दो काम भइरहेथ्यो असहयोग र खुट्टा तानियो उत्ति । अहिले उसलाई 'पथभ्रष्ट' बनाइएछ ।”
“ऊ खेल क्षेत्रको सम्भावना थियो । 'चरित्रहीन' बनाइएछ । ‘सतिले सरापेको देश’ त्यसै भनिएको होइन रहेछ । सरल, इमानदार, राष्ट्रवादी, कर्मशील र दीर्घ सोचका मान्छेहरू कहिल्यै उठ्न सक्दैनन् । तर यस्ता सबैलाई माथ गरेर केन्द्रीय राजनीतिमा टिकीरहने तपार्इंको राज के छ नि ?’’ कुरैकुरामा चुरो कुरो पो खोतल्यो उसले ।
“कस्ता कस्ता कहाँ गए मुसाका छोरा दरबार । कसलाई कुन स्थानमा राख्दा आफूलाई कस्तो असर पर्छ भन्ने नजानीकन कसरी राजनीति हुन्छ त ? खेलाडीको खेलाडी हुनुप¥यो नि । अन्तर्राष्ट्रिय पकड चाहियो । त्यही त मेरो राजनीतिक कला हो नि ।” जवाफ दिएँ ।

No comments:
Post a Comment