Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

 हाँसो (हँसी)

-आलोककुमार सातपुत 


म आफ्नो उदासीबाट उदास भएर उदासीको उपचार गर्ने डाक्टरसामु पुगें । अनि, पाएँ कि डाक्टर आफैं उदास भएर बसिरहेका छन् । उसले बडो उदास भएर भन्यो कि हाँसो स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । अतः दैनिक एक घण्टा हाँस्ने गर्नुहोस् । अनि, उनले मलाई हाँसिरहने व्यक्तिहरूको क्लबको सदस्य बन्ने पनि सल्लाह दिए ।

भोलिपल्ट जब म हाँसोको खोजीमा क्लबमा पुगें । पाएँ कि त्यो क्लबमा छलजीवी, बलजीवी, बुद्धिजीवी एवम् तथाकथित प्रबुद्धवर्गका माथिल्ला जातका मानिस आफ्ना दुवै हातमाथि उठाएर हाहा र होहो गर्दै उनीहरूको आफ्नै नक्कली जिन्दगीजस्तै नक्कली हाँसो हाँस्न मग्न थिए । उनीहरूको यो स्थिति देखेर म पनि खित्का छोडेर हाँस्न थालें । तर, मेरो हाँसो नक्कली थिएन, सायद यसैले कि म दलित वर्गमा पर्थें ।

अनुवादः श्री एकदेव अधिकारी

No comments:

Post a Comment