Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

मान्छे

-लक्ष्मी रिजाल
प्रगतिटोल, रुपनगर, सप्तरी   



"नानी, सरकारी जागिरे हुनुपर्छ । राम्रोसँग पढ् है ।" मामूले भन्नुभयो ।
“तैंले डाक्टर हुनैपर्छ ।“ बाबाले थप्नुभयो ।

मेरा आँखा किताबमा थिए । मन भने क्रोधमा पाक्दै थियोे ।
"छोरी अवश्य हाकिम बन्छे ।" मामूले खुसीसाथ दोहो-याउनु भयो ।

"डाक्टर बनेर छोरीले मेरो नाक राख्छे ।" बाको जिद्दी पनि दोहोरियो ।
कचकचले कान खायो र भनेँ; "कसैको अधुरो सपनालाई पूरा गर्ने ठेक्का मैले लिएकी छैन ।"

"उसो भए के बन्छेस् त ?" दुवैको एउटै कुरा थियोे ।
जवाफमा मैले भनेँ; "मान्छे !"

No comments:

Post a Comment