आक्रमण
-रासा
गौरीघाट, काठमाडौँ
ऊ सडकमा आइपुगेको छ / एकदम हतास, थकित एवं त्रसित ।
०००००
अचानक त्यहाँ अरुहरु पनि आइपुग्छन् । र, उसलाई घेर्छन् । सबैले तथानाम गाली गर्नथाल्छन् । ऊ डरले केही बोल्न सक्दैन ।
०००००
पछि, जथाभावी आक्रमण गर्छन् । तत्काल उसको बचाउका लागि केही मानिसहरु देखा पर्छन् ।
०००००
मानिसहरुले उसलाई बचाएर लग्छन् । अहिले ऊ मानिसहरुकै संरक्षणमा छ ।
०००००
उसको खास नाम मोबाइल हो । र, आक्रमणकारीहरु भने क्यामेरा, क्यालेन्डर, क्याल्कुलेटर, कम्पास, घडी, रेकर्डर, रेडियो आदि हुन् ।
०००००
आक्रमणकारीहरुको एउटामात्र गुनासो रहेछ, उनीहरुको रोजीरोटी खोसिनु ।
No comments:
Post a Comment