Friday, March 29, 2024

हरिकृष्ण बखुन्छेका तीन गीत

 



   1                      

तिमी सँगै छ मेरो खुसी
अर्को खुसी को सँग खोजुँ
तिमी सँगै छ मेरो माया
अर्को माया को सँग गरुँ ?

मेरो मनमा नै बस्छौ तिमी अन्त कहाँ खोजी हिडुँ मेरो मनको ढुकढुकी तिमी मुटु कहाँ खोजी हिडुँ तिमी सँगै छ मिठो निद्रा अर्को काख को सँग खोजुँ जिन्दगी को अर्थ बुझ्नलाई दुःखलाई नै बोकी रहेँ मैले प्रेम ग्रन्थ तिमी नै हौ तिमीलाई नै पढि रहेँ मैले तिमी सँगै छ मेरो सुख अर्को सुख को सँग मागुँ ?? 

 

   2                      

अँगालोमा माया कसरी फुल्छ पिठ्यूँमा धारिलो छुरा रोपेर काखमा माया कसरी हुर्किन्छ मिठो, वचनले कुरा रेटेर ।। मेरो संसार हो कि अर्कै तिम्रो संसार छ कि बेग्लै आँखाबाट आँसु झरे पनि मनको तिर्खा नै छ बेग्लै मनको धोको कसरी पुग्छ मुटुको ढोकामा चुकुल लाएर ।। बाटो छ बेग्लै तिम्रो र मेरो हिड्नु छ गन्तव्य एक्लै पुगुँला ढुङ्गाको मुटु बनाइ देउन हरि जस्ले जे भने नि सहन सकुँला दुनियाँको प्यारो कसरी बनुँ खै पाईला पाईलामा कुरा फेरेर ।। 

 

   3                      

यति धेरै माया लाग्छ भने मेरो भोलि कुनै दिन रुनलाई साँच्नू यतिका दिन माया कु-यो भने भोलि कुनै दिन मिल्नलाई बाँच्नू कर्मैले रोजेको दुःखको बाटो सजिलो छैन धेरै अप्ठेरो छ मैले रोजेको सुखको बाटो भेटिदैन कैले काँडा रोपेको यति धेरै फूलहरु फुलेको छ भने भोलि मेरो लासलाई चढाउँनू मुटुमा ठाउँ दिएको छु मेरो खुसीले तिमी रमाइ रहनु जुनीभरिलाई माया भुल्दिन तिम्रो सम्झेर हरपल हाँसि रहनु यति धेरै आगो बल्छ मायाको भने भोलि कुनै दिन चितालाई जलाउनू ।

– कटुञ्जे, दर्शनढुङ्गा, भक्तपुर 

 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com  

 

No comments:

Post a Comment