भाइरल
"ऊ हेर त ! तिनै हुन महान कथाकार दौलतराम।" - बिष्णुले आफ्नो एकजना साथीलाई दौलतराम तर्फ इसारा गर्दै भन्यो ।
"यस्ता महान् कृतिकारलाई जति सम्मान गरेपनि थोरै हो ।" उसैले थप्यो । साथी सुखीलालको भने ध्यान अन्तै थियो ।
"सुखीलाल हेर त उनीहरू नजिकै आइपुगे । दोलतरामसँग एउटा सेल्फी खिच्नु पर्छ है।"- बिष्णु सुखीलाललाई घचघच्याउँदै भन्यो ।
"हस्" - सटिकमा भन्यो ।
"आज यो प्रसिद्ध कृतिकारलाई सम्मान गर्ने कार्यक्रम छ ।" - ऊ दौडेर दौलतरामसँग सेल्फी खिच्यो। धेरै साहित्यकारहरू दौलतरामसँग सेल्फी खिचाइ रहेका थिए । मञ्चमा कार्यक्रमको भब्य तयारी चल्दै थियो ।
"हिंड तिमीपनि म फोटा खिचिदिन्छु तिम्रो र दौलतरामको ।" -बिष्णुले सुखीलाललाई हातबाट तान्दै भन्यो ।
"मलाई दोलतरामसँग फोटा खिचाएर बदनाम हुने रहर छैन ।" -सुखीरामले प्याच थुक्दै भन्यो ।"के भनेको यस्तो? एउटा महान रचनाकारको यसरी अपमान गर्नु हुँदैन नी ।" -त्यो जुन कृतिबाट दौलतराम भाईरल बन्न पुग्यो ।
"त्यो कृतिको लेखक अर्कै हो।" -सुखीलालले खाँटी कुरा गर्यो ।
"त्यस्तो त हुनै सक्दैन । के प्रमाण छ तिमीसँग आरोप लगाएर मात्र हुँदैन नी ।" - बिष्णु झर्किंदै भन्यो ।
"हेर्नुहोस् प्रमाण ।" - सुखीलालले असली पाण्डुलिपी देखायो ।
**********************
सरकारी जागिर
"छोरा-छोरीको परीक्षा चल्दै छ । फेरि अर्को महिनामा भर्ना गराउनै पर्ने हुन्छ । फि पनि प्रत्येक वर्ष बढाएकै हुन्छन् कसो गरी पुरा गर्ने?" -यही सोचेर रामलाल चिन्तामा थियो ।
"सुन्नु न केटा केटीको स्कुलको बिदामा म दुई चारदिन माइतीमा जान्छु है?" -मिराले रामलालसँग भनी । ऊ झसङ्ग भयो र यताउता हेर्यो । पछाडि मिरा उभिएकी थिई ।
"उफ् ! तिमी पनि..! हजुर कता हराउनु भएको थियो?" -मिराले भनी ।
"सरकारी कामको लागि प्रयास गर्दागर्दै उमेर ढल्कियो । तर पनि कतै सुरसार देखिदैन । छोरा-छोरीको परीक्षा सिद्धिएपछि उनीहरूलाई पनि स्कुलमा फेरी भर्ना गर्नुपर्ला । पैसाले कहिल्यै पुगेन; त्यही चिन्तामा छु ।" -रामलालले निधारमा हात राख्दै भन्यो ।
"धेरै चिन्ता नलिनु कुनै न कुनै निकास निक्लेला ।" -मिराले सान्त्वाना दिन खोजी ।
"कसरी हल हुन्छ? खर्च ठुलो छ कमाई छैन् ।" -मिराको कुरा बिचमै काट्यो । ऊ धेरै चिन्तामा देखियो ।
"मैले पहिल्यै भनेकी हुँ हाम्रा तीन जना बाबु नानीलाई सरकारी स्कुलमा भर्ना गरौँ, तर हजूरले मान्दै मन्नुभएन । अहिले चिन्ता लिएर के नै हुनसक्छ?" -मिराले रामलाललाई सम्झाई ।
"मेरा बाले त्यत्रो धन लगाएर पढाउनु भएको हो । सरकारी कामका लागि तर अहिले यो निजी कम्पनीको जागिरे हुनुपर्यो । झन् सरकारीमा बच्चाहरू पढांएभने त यस्तै जागिर पनि पाउन गाह्रो छ छोरा छोरीले भविष्यमा।
"खै के भनौँ जागिर सरकारी चाहिन्छ पढाउन बालखहरू प्राइवेट स्कुलमा पठाइन्छ । कतै भविष्यमा सरकारी स्कुल खोज्दा पनि न भेटाउने होकी?"- भन्दै मिरा किचन तर्फ लागि ।
-दाङ घोराही १८
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment