भजन १
ईश्वर बुद्ध अल्लाह ब्रह्मा विष्णु महेश्वर महालक्ष्मी महाकाली महासरस्वती भर । गणेश सूर्य साथै ती प्रकृतिका धराेहर ग्रह नक्षत्रका साथै अन्य ती धर्मका घर ।। गर एक ॐ मात्र जप नित्य निरन्तर मुक्ति मिल्छ सबैलाई परे त्यै सत्यको भर । सबैकाे सार एकै हाे अदृश्य सर्वव्यापक विज्ञान चिन्तनाभन्दा सर्वत्र परिव्याप्त छ ।। ॐ मा नै अटेका छन् सारा देवी र देवता सृष्टि र प्रलय साथै पालन हुन्छ एकता । विभिन्न देव र देवी आस्था विश्वास ॐ हाे प्राप्त हुन्छ शक्ति सिद्धि मूल स्रोत त ॐ हाे ।।
भजन २
मेराे इष्ट शिव तिमी तिम्राे इष्ट राम जप्छु सधैँ शिवराम हुन्छन् सबै काम। शिव जप्ने राम राम राम जप्ने शिव शिव राम जपेर नै मुक्त हुन्छ जीव । मेराे इष्ट शिव तिमी तिम्राे इष्ट राम जप्छु सधैँ शिवराम हुन्छन् सबै काम । दायाँबायाँ जताततै सर्वत्र छन् राम शिवसँगै मिल्छन् राम गरे सत्य काम । मेराे इष्ट शिव तिमी तिम्राे इष्ट राम जप्छु सधैँ शिवराम हुन्छन् सबै काम । भजन ३ मेरा सबै राेगहरूकाे औषधि हाे गीता मेरा दुःख दर्द नास्ने मलम हाे गीता । जति पढूँ जति हेरूँ नयाँ नयाँ लाग्छ मन मुटु कलेजीमा प्रेम झनै बढ्छ । मेरा सबै राेगहरूकाे ओषधी हाे गीता मेरा दुःख दर्द नाश्ने मलम हाे गीता ।। जति हेर्याे नयाँ नयाँ रूपरङ्ग देख्छु नयाँ ज्ञान गुण प्रेम झनै बढी पाउँछु । मेरा सबै राेगहरूकाे औषधि हाे गीता मेरा दुःख दर्द नास्ने मलम हाे गीता ।।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment