दृष्टिदोष
- लता के.सी.
तीनकुने, काठमाडौँ -३२
"यो आइमाईले टोल नै बिगार्ने भई । सबै मिलेर यसलाई लखेटौँ न !’’ छतमा बसेर बाहिरी दृश्य नियालिरहेकी रमाले बीनातिर औँलो सोझ्याउँदै कराइन् । बीना दुई जना सहकर्मी लिएर घरभित्र छिर्न गेट खोल्दै थिइन् । तत्क्षण नै यता उताका छिमेकी पनि छतमा देखिए । केहीले धारे हात लगाउन पनि भ्याए ।
रमा टोलकै धनीमानी वर्गमा पर्थिन् । घर बसी खाने आइमाई बटुलेर दिनभर गफ हाँक्नु र आफ्नो रवाफ देखाउनु उनको दिनचर्या थियो । बीना सरकारी कार्यालयमा हाकिम थिइन् । उनको उठ्बस पुरूषहरूसँग भएको रमालाई पचेको थिएन । यस्तो घटना पहिलो पटक मात्र भएको थिएन । बारम्बार खप्नु परेको आक्षेपलाई बिनाले सधैँ हाँसेर पचाउँथिन् ।
उनलाई लाग्थ्यो, "मूर्खसँग मुख लागेर किन आफ्नो मूल्य घटाउनू ?" तर आज उनको संयमता भङ्ग भयो । उनी सिधै रमाको ढोका ढक्ढकाउन पुगिन् । दुबैको तातो रिस पोखियो । वाक् युद्ध चर्कियो ।
रमाका श्रीमान् टुप्लुक्क घर आइपुगे । उनी बिखलवन्दमा परे । उनले दुबै जनालाई सम्झाए । जेनतेन भनाभन साम्य भयो ।
फर्किने बेलामा बीनाले उनका श्रीमानसमक्ष अनुरोध गरिन्, "तपाईंकी यी बिन्दास श्रीमतीलाई ठेगानमा राख्नु होला ।"
....साथ सहयोगको खाँचो


No comments:
Post a Comment