Sunday, December 29, 2024

साभार लघुकथा (अङ्क १९ मा प्रकाशित)

 पुरस्कार

- अन्जु शर्मा थपलिया  


बा कहाँ जान लाग्नुभएको ?

पुरस्कार थाप्न जान लागेको नानी ।’ यति भन्दै बा मुसुक्क मुस्काउनुभयो ।

'साहित्य लेखेर पनि पुरस्कार पाइन्छ र बा ?'

'साहित्य त त्याग र बलिदानको इतिहास हो, अनि समाजको मार्गदर्शक हो । यसमा त अवश्य पाउनुपर्छ नानी ।’

'उसोभए बालाई म फूलको र दुबोको माला लगाइदिन्छु है ?'

बा पुरस्कारको अभिलाषाले होला मुस्कुराएर बस्नुभयो । मैले बालाई माला लगाइदिएँ । हत्तपत्त बा पुरस्कार स्थलतिर दौडनुभयो । विचरा बाले बल्ल बुझ्नुभएछ । आफू प्रतिपक्षी पार्टीको भएकै कारण पुरस्कारबाट बन्चित गरेको कुरा… ! तर बा ढोकामाथि मुस्कुराइरहनुभएको थियो ।


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment