तिम्रो सिक्री चाँडै भेटिन सक्छ । लगभग तीनदिन भित्रै । तीन दिनमा पनि भेटिएन भनेँ चौसठ्ठी दिनमा चिनो मात्र थाहा पाउँछौ । तर अन्धलोचन योगमा हराएको हुनाले भरसक चाँडै भेटिने सम्भावना छ । कसैको हात परेको छैन । हरि बाजेले पात्रो हेर्दै ज्योतिष गणना गर्दै कृष्णलाई उसको हराएको दुई तोलाको सुनको सिक्रीको बारेमा भनिरहेका थिए । उनै ज्योतिषी हरि बाजेकै घरको बरन्डामा ।
छेउमा बसेर श्यामले सबै कुरा सुनिरहेको थियो । ज्योतिष विद्यामा बहुत नाम चलेका हरि बाजेले भनेको ट्याक्कै पुग्छ । भन्ने गाउँ टोलभरि हल्ला थियो । त्यही भएर कृष्ण पनि आफ्नो हराएको सिक्री भेटिन्छ की ? भनी, हरि बाजेकोमा ज्योतिष देखाउन गएका थिए । आफ्नो सिक्री भेटिन्छ पक्कै भन्ने कुरामा विश्वस्त भई ऊ घरतिर लाग्यो ।
अब हरि बाजेको बरन्डामा हरि बाजे र श्याम मात्र थिए । गुरु तपाईं त ज्योतिष विद्या धेरै जान्नु हुँदोरहेछ । मान्नुस् की म तपाईंको गालामा हिर्काउने वाला छु । अब भन्नुस् म तपाईंको कुन गालामा हिर्काउछु होला ? भनी श्यामले हरि बाजेलाई भन्यो ।
हरि बाजेले ज्योतिष विचार गरेर गणना गरेर भने पक्कै पनि तिमीले मेरो दाहिने गालामा हिर्काउन सक्छौ भने । त्यति भन्ना साथ श्यामले हरि बाजेको देब्रे गालामा एक थप्पड दियो । र, भन्यो । “हो यहाँनेर गुरुको ज्योतिष फेल खायो ।’’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment