म्याक्स र लिलीको भेट चार वर्ष अगाडि काम खोज्दै गर्दा एक ठाउँमा भएको थियो । म्याक्स केन्याबाट लुकिछिपी ज्यान हत्केलामा राखेर अमेरिका छिरेको थियो । उसँग अफिसियल कुनै पनि कागजात थिएन । उसकै साथीले एउटा फास्टफुड रेस्टुरेन्टमा आधिकारिक रुपले काम गर्न पाएकोले घण्टाको १८ डलर पाउँथ्यो । तर म्याक्सले लुकिछिपी काम गर्न पर्ने भएकोले त्यही ठाउँमा घन्टाको १५ डलर मात्र पायो । त्यो बेला उस्को लागि राम्रै रकम थियो । त्यसैले खुसी साथ आएको एक हप्तामा नै काम गर्न थाल्यो ।
उसले काम गर्न थालेको करिव एक महिना जति पछि कर्मचारीको आवश्यकता भन्ने सुचना टाँसेको पढेर एउटी ब्राजिलकी लिली नाम गरेकी केटी त्यहाँ आई । उसको बोलीचाली र स्माट्र्नेसबाट प्रभावित भएर मेनेजरले काममा लियो । ती दुबैको अङ्ग्रेजी बोली शुद्ध थियो । थोर बहुत पढ्न लेख्न पनि जानेका थिए ।
दुबै मेहनती र लगनशिल थिए । रेस्टुरेन्ट राम्ररी चल्न थाल्यो । उनीहरू लिभिङ टुगेदर थिए । एक वर्ष भित्र नै लिलीले छोरी पाई । बच्चा पाएको पन्ध्र दिनदेखि नै छोरीलाई डे केयरमा राखेर काममा आउन थाली । ती दुबैजना केही पैसा जम्मा हुन्छ, छोरी पनि अलि ठुली हुन्छे अनि बिहे गर्ने भनेर ढुक्क थिए ।
सोचेको नहुने रहेछ । देशमा नयाँ शासन पद्धति लागु भयो ।
अनधिकृत रुपमा त्यहाँ बस्नेहरुलाई खोजी खोजी देश निकाला गर्ने अभियान शुरु भयो । दुबै काममा जान डराएर लुकेर कोठाभित्र लुकेर बस्न वाध्य भए । त्यसै बिच एक दिन रुमानियाको एउटा लिलीको बाबू जस्तो मान्छे आयो । लिलीले हात समाएर भित्र लेराउँदै “म्याक्स यो टम हो । यो यहींको नागरिक हो । मैले यिनीसँग बिहे गरेँ भने मलाई पनि रेसिडेन्सियल पर्मिट मिल्छ रे ! त्यसैले लाउ यो हाम्रो छोरी तिमी नै राख । जे गर्छौ गर । म यिनीसँग गएँ है । तिम्रो र मेरो बिहे भएको छैन । त्यसैले हामी जुनसुकै बेला पनि छुट्टिन सक्छौं । ॅबाई बाई बेबी’ भन्दै छोरीलाई म्वाई खाएर नयाँ साथीको हात समाएर हिँडी ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment