Saturday, April 12, 2025

लघुकथा समाचार

 

लता के.सी.को 'पाहुर' र महेन्द्र नेउपानेको 'चन्द्रविनोद´ लघुकथासङ्ग्रह आज चैत ३० गते शनिबारका दिन एक कार्यक्रम बीच लोकार्पण सम्पन्न भएको छ ।

हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा भएको कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के.सी.को सभापतित्व र श्रीओम श्रेष्ठ 'रोदन'को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विशिष्ट अतिथिहरूमा ध्रुव मधिकर्मी, गंगा कर्माचार्य पौडेल, केदार नेउपाने माधव नेउपाने रहेका थिए ।

लघुकथा गान बजाएर सुरू गरिएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य बन्दना घिमिरेले गरेकी थिइन् भने दुबै लघुकथाकृतिको विमोचन प्रमुख अतिथि रोदनले गरेका थिए ।

हाम्रो लघुकथा केन्द्रका सदस्य मिसु श्रेष्ठले पाहुर लघुकथासङ्ग्रहबाट `जुक्ति´ शीर्षक लघुकथा र सत्या अधिकारीले `स्वप्नलोक´ शीर्षक लघुकथा वाचन गरेकी थिइन् अर्को कृति चन्द्रविनोद लघुकथासङ्ग्रहबाट कृतिकारको छोरी डा. मन्जिला नेउपानेले `रुन्चे हाँसो´ शीर्षक लघुकथा वाचन गरेकी थिइन् ।

मन्तव्यको क्रममा मञ्चासिन व्यक्तित्वहरूले लघुकथाको उन्नयनमा केन्द्रको योगदानबारे चर्चा गर्दै कृतिकारद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सयजनाको हाराहारी साहित्यकारहरूको उपस्थितिमा रोयल इभेण्टस् एण्ड बैन्क्युट तीनकुनेमा भएको कार्यक्रममा सभापति के.सी.ले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गरिएको थियो ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment