एकदिन पशुपतिनाथको दर्शन गरेपछि केही बिस्कुट र फलफूल लिएर वृद्धाश्रम गएँ । चार पाँचजना वृद्धवृद्धाहरू आश्रमको सुकुलमा बसेर घाम तापिरहेका थिए ।
मेरो माइतिघरको तल्लो फ्ल्याटमा बस्ने नीरा बहिनीले पालैपालोसँग ती वृद्धवृद्धाहरूको नङ काटिरहेको दृश्यले म उनीसँग र उनको सेवाभावबाट प्रभावित भएर धन्यवाद दिएँ ।
उनले भनिन्– ‘दिज्यू ! पन्ध्र दिनको एकपल्ट यहाँ आएर यी बाआमाहरूको यस्तै सेवा गर्ने गर्छु ।’ उसको सेवाको कार्य सुनेर म खुशी भएँ । सबैलाई वृद्धवृद्धाहरूलाई फलफूल र बिस्कुट दिएर म घर फर्कें ।
केही दिनपछि माइत जाँदा नीराकी वृद्धा सासुले आँगनमा बसेर सकीनसकी खुट्टाको नङ काटिरहेको देखेर सोधें – ‘आमा ! बुहारी कहाँ जानु भयो र ? तपाईंको नङ काटिदिनु हुन्न र ?’
‘बुहारीलाई कहाँ फुर्सद हुन्छ र ? सकिनसकी आफ्नो नङ काट्छु नि नानी । अं बुहारी पशुपति जाने भनेर गइन् ।’ शान्तभावमा वृद्ध आमाले भनिन् ।
‘लौ त आमा ! तपाईंकी बुहारीले पशुपतिको आश्रममा बस्ने बुढाबुढीहरूको नङ काट्न जानु हुन्छ । म तपाईंको नङ काटिदिन्छु है ।’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment