Sunday, April 27, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


काएक शून्यता छायो । उफ् ! तिमीविना मैले कति दिन गुजार्नु पर्ने हो, कुन्निविद्या ? जब तिमीलाई अर्काको जिम्मा लगाएर छोड्नुपर्‍यो नि तब मलाई मुटुमाथि ढुङ्गा राखे जस्तो भयो । दुई घण्टा तिमीलाई छोड्न नसक्ने म चार दिन कसरी गुजार्दै छु ? यो मलाई मात्र थाहा छ । प्रिय ! तिम्रो साथमा रहने बानी परेको यतिका वर्ष भएछ । मलाई तिमीविना कार्यालय जान पनि मन लाग्दैन । बिछ्यौनामा त पल्टिनै सक्दिनँ । घन्टौसम्म तिमी र म हेराहेर गरेको यादले खुब सताउँछ । पुसमाघको जाडोमा सिरकभित्र तिमीसँग समय बिताउनुको मज्जा बेग्लै हुन्थ्यो । अनि वैशाख–जेठको गर्मीमा खुला आकाशमुनि छतमा तिमीसँग रमाउनुमा कस्तो आनन्द थियो । तिम्रै छेउमा सुत्ने बानी परेको, म । आजकाल त निदाउनै सकेको छैन । बेलुकी पनि मिठो गीत सुनाउँदै सुताउँथ्यौ । बिहान पनि बिउँझाउँथ्यौ र उठाउँथ्यौ । त्यसैले त तिमीबिना म अन्धो भएको छु । बहिरो भएको छु । पानीबिनाको माछा जस्तो छट्पटाइरहेको छु । 

– यसरी डायरी लेख्दै थिएँ । ल्यान्ड लाइनमा फोन आयो । 

“हेलो ! कृष्णजी बोल्नुभएको हो ?” 

“हजुर ! म बोल्दै छु ।” 

“म ताम्राकार हाउसबाट ! तपाईंको मोबाइल बनिसक्यो । छिटो लिन आउनुस् है ।” 

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment