१२– १३ वर्षे केटो एउटा सालिकमा खुट्टा टेकाएर चुरोट तान्दै भुतभुताउँदै थियो, “हैट ! यो मम्मी पापाले जहिले नि वाक्क लाग्ने कार्यक्रममा लिएर आउँछन् ।’’
“भाइ तिमी कुन चैं कार्यक्रममा आएको हो ?’’
“यहाँ हलमा सहिद दिवस हुँदैछ त्यसमा’’ बोले पछि यता उता हेर्यो कसैलाई देखेन, छक्क पर्यो ।
“भाइ म यो सालिक बोलेको, मलाई चिन्छौ’’
“नाई मलाई थाह भएन तर सालिक बोलेको चैं पहिलो चोटी देखें ।’’ केटाले भन्यो ।
मैलै सुनेको थिएँ राम्रो काम गर्ने मान्छेको सालिक भनेर ।’’
सालिकले हाँस्दै भन्यो, “बाबु मैलै कहाँ के गरेको छु र म त देशको लागि मेरेको मात्र थिएँ नि ।’’
“किन मर्नु भएको थियो देशको लागि’’
“यो देश बनाउनलाई प्राण दिएका थियौं’’
“के देश राम्रो बन्यो तपाईंको बलिदानले, तपाईंले त फोकट मै ज्यान दिनु भयो’’ केटोले हाँस्दै भन्यो ।
“देश बनाउन ज्यान दिएका थियौं तर के गर्नु बाबु देश बिग्रिँदै छ, हाम्रो सालिक बन्दैछ ।’’ यति बोलेर उ पूरै चुप लाग्यो ।
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment