ऊ साँझ ढोका ढक्ढकाउन पुग्छ ।
सानी ढोका खोल्दै, ”को तपाईं ?” भन्दै परिचय माग्छे ।
ऊ विगततिर फर्कंदै, ”पन्ध्र वर्षपछि मुग्लानबाट नेपाल फर्केको “कुरा गर्छ । रामु बूढो रोगी, झुम्रे जस्तो देखिन्थ्यो ।
ऊ सम्पन्न परिवारमा हुर्केको थियो भन्ने कुरा सानीलाई बताउँछ । उसले आफैंले मागेर सुकुमार शालीन कन्या विवाह गर्छ र घर लग्दा बाबुआमाले उनको पत्नी मन नपराएको कुरा पनि बताउँछ । आफूलाई बाबुआमाले त्यही विषयमा सधैँ कराएर दुःख दिएका र बैराग्यले घर अनि परिवार छोडी हिंडेको कुरा बताउँछ ।
उता सानी आफ्ना एक्लो दुख्खका दिन बारे हो मा हो बोली मिलाउँदै ऊसँग नजिक हुन पुग्छे । सानी आफ्ना तीन बालबच्चालाई हुर्काउँदै सानोतिनो जागिर खाँदै, बचेको समय साँझमा दुई घन्टा साग तरकारी बेचेर दुःखका साथ जीवन गुजार्नु परेको कुरा बताउँछे । उनले एक्लै हुँदा केटाकेटीलाई पढाउन, हुर्काउन गाह्रो भएको, सासु ससुराले घरबाट निकालेका, आफैंले दर्दनाक अवस्थाको सामना गर्नु परेको कुरा बताइ ।
एक दिन अचानक सानीको दैलोमा उनका दुखित, पीडित, मरनच्याँसे, क्यान्सर पीडित पति रामु अगाडि आइपुग्दा स्तब्ध हुन पुगिन् । भोकमाथि शोक ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment