तिमी ढुङ्गा मेरो निम्ति
बाढीहरूले भिजाएर
भेलहरूले हुत्याएर
किनारमा ल्याई पछारिदिएको ।
म ’अमिर सुन्दास’ बनेको छु
कुँदिरहेछु एउटा सुन्दर मूर्ति
जो सजिनेछ
अनन्त
सुन्दास र ढुङ्गाको
अमर कला बनेर ।
- सिक्किम, भारत
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment