Friday, August 8, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


फेसबुक चलाउँदै गर्दा उनका आँखा समवेदना लेखिएको एउटा तस्बिरमा ठोक्किए !

मृतककी देवरानीले लेखेको तस्बिर सहितको उक्त समवेदना पढदै जाँदा उनका मानसपटलमा अतितका केही दृश्यहरू झल्झली आए ।

तिनै देवरानीले दुई–तीन महिना अघि बाटोमा भेट्दा उनीसंग भनेकी थिइन् “हेर्नुस् त नानी ! यो घोरमुखी, कर्कसा, दुच्छर र दुर्मुखाले जथाभावी चुक्ली लगाएर मलाई घरमा टिक्नै नदिने भई । यो मरेपछि घोर नर्कमा परोस् । कालले पनि किन लाँदैन होला खै यसलाई !”

यति मात्र होइन, उनीसंग जहाँ भेट्दा पनि हरेक पटक जेठानीको बदख्वाईं र बेइज्जत गर्ने गर्थिन् । उनको भनाइलाई आधार मानेर भन्नुपर्दा, यो संसारमा उनको सबैभन्दा ठूलो शत्रु कोही छ भने त्यो उनको जेठानी नै थिइन् ।

समवेदना पढेर सिध्याउँदै गर्दा उनी फिस्स हाँसिन् । लेखिएको थियोे, 

“… मेरो अत्यन्तै प्रिय, मृदुभाषी, सज्जन, सहयोगी र आमा समान मायालु दिदीको निधनले मलाई टुहुरोपनाको आभाष भएको छ… उहाँको बैकुण्ठबास होस् …हार्दिक श्रद्धाञ्जली ।”

उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं–७

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment