Friday, October 24, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


 

विलोम लघुकथा

अँध्यारो रात र मदिराको मात !

आफ्नै शरीर धान्न गाह्रो भैरहेको थियो उसलाई ।

छामछाम छुमछुम गर्दै कहिले यो कुना कहिले उ कुना गर्दै हिँड्दा ठोक्किएर तीन बल्ड्याङ खायो । अलिबेर रन्थनाएपछि चार हातखुट्टा टेकी बल्लतल्ल उभियो ।

आक्रोशित हुँदै ढल्मलाउँदै त्यतै हेरेर भन्यो– दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो यो हुतिहारा भने बाटो छेकेर उभिन्छ ! 

'यल्लाई ठिक नगरी भएन’ भन्दै अगाडि बढ्न खोजेको मात्र के थियो फेरि ढुनमुनियो ।

'पख्, उज्यालो त होस्  अनि…. !’  

गन्गनाउँदा गन्गनाउँदै निदायो ।

'उज्यालो भयो त, उठ्दैनौ ?’

झस्किँदै आवाज आएतिर दृष्टि पुर्‍यायो र तीन छक पर्दै भन्यो – 'मान्छे भएको भए जान्या’थेँ, बिचरो सालिकसँग के बदला लिनु ?’

– पाल्पा हालः काठमाडौँ


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment