Sunday, August 16, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


"शालिकराम खै ?’’ – आएका केही युवाहरूमध्ये एउटाले सोध्यो ।
“हिजो गएदेखुन आएको छैन् बाबु घर !’’ – पेटीमा बसेका शालिकरामका बाबा बुढाले भने ।

“केही काम थियो कि बाबु ?’’ – उनैले थप सोधे । तर उनीहरू केही नबोलि हिंडे । एकछिन पछि तल्ला घरे सर्वण आइपुग्यो । 

“के छ बुबा सञ्चै हुनुहुन्छ ?’’ – बुढा बाहिर बसेको देखेर सोधे ।
“ठिकै छु बुढो शरीर खुबै ठिक हुँदैन क्यारे !’’ – बुढाले बताए ।
“अनि ती युवाहरू किन आएका रहेछन् ?’’ – सर्वणले सोधे । 

“खै त उनरले बताएनन् शालिकरामलाई सोधे घर छैन भने अनि हिंडी हाले ।
“हिजो त मेयर साहेबलाई पनि धम्काएछन् हजुरका छोराले’’ – सर्वणले व्यङ्ग्यात्मक शैलीमा भने ।

“हो र ? कसैको काम गरेनन् होला मेयरले नत्र शालिके नराम्रो मान्छे होइन । जनताले जिताएर पठाएपछि काम पनि त गर्नुपर्छ नि ।’’ – बुढाले  भने ।

“त्यो त ठिकै हो संसदमा पुगेपछि पहिलेको जस्तो रहेन शालिके भन्न थाले गाउँमा ।’’ – सर्वणले फेरी उस्तै शैलीमा भने ।

“माथि पुगेपछि अलिक फरक त हुनु पनि पर्छ क्या !’’ – बुढाले छोराको पक्ष लिंदै बोले । 

“तर बाबा हिजो त मेयरलाई भन्दिए छन् अब तेरो बदली गर्छु भनेर । के यो सम्भव होला ? हजुर त रिटायर्ड कानुनविद् ।’’ – सर्वणले विनम्रतापूर्वक जान्न खोज्यो ।’’ बाबु युवाको उम्लिएको रगत अनि बिना हाडको जिब्रो कहिलेकाहीँ लर्किन्छ संविधान उछुनेर ।’’ – बुढाले शालिकरामको अनुहार नियाल्दै भने ।

– दाङ घोराही १८

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment