Tuesday, August 18, 2026

अनुवाद लघुकथा (अङ्क ३७ मा प्रकाशित)


कोराना महामारीका कारण पुरै देशको अर्थव्यवस्था धुरमुर भइसकेको थियो । म एक सानो नोकरी गर्ने सामान्य मानिस थिएँ । यस लकडाउनको बेला मेरो परिवार चलाउने माध्यम नोकरी खोसिएको थियो । आज आफ्नो घरको सानो पसल सफा गर्ने विचार गरेँ जसमा बिजुलीका लागि मिटर पनि लगाउन सकेको थिइनँ । वर्षौदेखि बन्द पसलको सटर खोलेको थिएँ । पसलमा माकुराको जालो निकाल्नै लागेको थिएँ, सामुन्नेको टोलका यस्तै आठ/दस वर्ष जतिका दुई जना साना बच्चाहरू पसलमा आए र एउटाले भन्न थाल्यो, “काका, पसल खोल्न लाग्नुभएको हो ?’’

मैले भनें “हो, खोल्दै छु ।’’
उसले फेरि भन्यो– “केको पसल ?’’
मैले भनें–“तिमी भन, केको पसल खोलौं ?’’

बडो सोझोपनका साथ दुवैले भने, “काका ! किरानाको पसल खोल्नुहोस् न ।’’
मैले भनें, “त्यहीँ सामुन्नेमा नै कति ठुलो किरानाको पसल छ नि त ?’’

मेरो कुरा सुनेर बच्चीले भनी, “त्यहाँ त धेरै महँगो सामान पाइन्छ काका ।’’
उसले यो कुरा भन्दै गर्दा म चुपचाप एकटकले उसलाई हेरिरहें ।

– गाजीपुर, उप्र, भारत

अनुवादः डा. पुष्करराज भट्ट

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment