Monday, August 17, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


– गरिब र रोगी थियो ।

– त्यसमाथि आफन्तको घोर उपेक्षा !

– उसले आत्महत्या गयो ।

– मरेको केही दिनपछि उसले पत्रिकामा आफ्नै श्रद्धाञ्जली पढ्यो ।

– लेखिएको थियो– 'मर्माहत भएका छौं । अपुरणीय क्षति भएको छ ।’

– उसले दोहोर्‍याएर पढ्यो ।

– फेरि पढ्यो ।

– अनि पत्रिका पट्याएर एक छेउमा राख्यो ।

– र, फिस्स हाँस्यो ।

– सोच्यो— 'जिउँदो हुँदा एक आना पनि स्नेह पाइएन । मरेपछि कसरी यति महँगो भइएछ !’

– बोझेपोखरी, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment