– गरिब र रोगी थियो ।
– त्यसमाथि आफन्तको घोर उपेक्षा !
– उसले आत्महत्या गयो ।
– मरेको केही दिनपछि उसले पत्रिकामा आफ्नै श्रद्धाञ्जली पढ्यो ।
– लेखिएको थियो– 'मर्माहत भएका छौं । अपुरणीय क्षति भएको छ ।’
– उसले दोहोर्याएर पढ्यो ।
– फेरि पढ्यो ।
– अनि पत्रिका पट्याएर एक छेउमा राख्यो ।
– र, फिस्स हाँस्यो ।
– सोच्यो— 'जिउँदो हुँदा एक आना पनि स्नेह पाइएन । मरेपछि कसरी यति महँगो भइएछ !’
– बोझेपोखरी, ललितपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment