Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

शौचालय अर्थ

-सन्दीप तोमर
उत्तम नगर, नयाँ दिल्ली, भारत    


कहाँ घुस्न लागेको हो तिमी ?

सार्वजनिक शौचालय बाहिर कुरुवा बसेका एक भद्र पुरुषले प्रश्न गरे ।

– दिसा बस्न जान लागेको ।

– यहाँ त्यत्तिकै तिमी जान पाउँदैनौं ।

– यसका लागि के
म बाजा बजाएर जाउँ त ! कुरा सुन्दा पनि अजीव लाग्छ ।

– अबदेखि फोगटमा यहाँ दिसा–पिसाब गर्न नपाइने भो, थाहा पाइयो नि !

– के यो सार्वजनिक शौचालय हैन र? के यो कसैको बाउको पेवा हो र?

– त्यो त थाहा भएन तर यहाँ हाकिमको आदेश छ कि आइन्दादेखि कसैले त्यत्तिकै यहाँ दिसा–पिसाब गर्न पाइँदैन । पिसाब गरेको दस रुपैयाँ लाग्छ भने दिशा गरेको चाहिँ बीस रुपैयाँ लाग्छ । तसर्थ पहिले नै दस रुपैयाँ देउ अनि मात्र जान पाइन्छ, नत्र भने अन्तै जान सक्छौ ।

सो व्यक्तिको पेट कतक्क खाएकोले उनलाई हतार भइसकेको थियो । यसै बीच सास्ती सहँदै उनले एक हातले पेट समातेर अर्को हातले गोजी छाम्न लागे ।

अनुः गगनदीप सर्व

No comments:

Post a Comment