Monday, November 20, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

 बन्धन

-रोशन पराजुली
बरगाछी, धरान


"उस्ले आफूलाई नियालेर अनुभूतिलाई स्पर्श गर्दै मनोभावबाटै कुर्लिन थाल्यो" !
"हैन यस्तै हो जिन्दगी" ?
"दुःख नमान तिमी" !
"जिन्दगी जिउन सिक्नु पर्छ", अनुभूतिले अनुनय ग-यो ।
"म तिम्रा बकम्फुसे सिद्वान्त मान्न तयार छुइन", उ पुनः कुर्लियो !
'किन नि"?
"अनुभूतिले स्पर्शबाट छुट्टिदै भन्यो" !
"सम्बन्धहरु सबैका आ–आफ्नै हुन्छन्" !
"किन भन्नू" !
जीवन जिउन पनि स्वतन्त्र हुन प-यो नि हैन त?
"हो नि" अनुभूतिले ट्वाक्क बोल्यो ।
म कहाँ स्वतन्त्र छु र? न तिमी नै छौ !
उ पुनः जङ्गियो !
तिमी आफै भन्, "समयले निर्धारण गरेको छ हाम्रो जीवन" ! कि हैन?
"तर किन सधैँ अरुको निर्देशनमा चल्नुपर्ने"?
"नपत्याए हेर त", "माथि सिंहासनमा "!
आफू मनोमानी निर्णय गरेर हामीलाई हैकम चलाउने?
हामी त दास हैनौ नि?
अनि यस्तो पनि जिन्दगी जिउनु त,"फेरि"?
"नाम मात्रको स्वतन्त्रता" !

No comments:

Post a Comment