आमा
-दिव्य गिरी
टीकाथली, ललितपुर
ऊ हातमा मिठाइको पोको बोकेर हतार हतार लम्किँदै गरेको भेटेर ज्ञानकाजीले सोध्यो– ‘होइन बिहान–बिहानै कतातिरको चटारो प¥यो यस्तो ?’
ज्ञानकाजीसँग जम्काभेट भएपछि ऊ टक्क अडियो । अनि उसले सोधेको प्रश्नको उत्तर दिँदै भन्यो– ‘आज मातातिर्थ औंसी, आमाको मुख हेर्न जान लाग्या ।’
‘ए, अनि आमाकहाँ बस्नुहुन्छ? घरमा नै होइन र ?’
‘पहिले त हो, तर दुई वर्ष जति भयो वृद्धाश्रममा बस्नुहुन्छ ।’
‘किन त वृद्धाश्रममा राखेछौ ?’
‘आमाको चाहना नै त्यही भयो, अनि के गर्नु ! यो सहरको डेरामा आमाको मन नै रमाएन । उतै रमाउनु भएको छ ।’ भन्दै सोध्यो– ‘अनि तिमी चाहिँ कतातिर नि?’
‘हलुवाइ पसलमा, आमालाई मिठाइ किन्न ।’
‘अँ, साँच्चै तिम्रो आमापनि वृद्धाश्रममा नै बस्नुहुन्थ्यो नि होइन र ?’
‘हो, केही दिन राखें । आपैmलाई न्यास्रो लाग्यो अनि घरै ल्याएँ ।’

No comments:
Post a Comment