Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

अचम्म

-माणिकरत्न शाक्य
चाबहिल, सरस्वतीनगर 


दुर्घटनामा परेर छिमेकी अजम्बरको असामयिक निधन भयो । मलामीहरूले अजम्बरलाई चितामा राखेको एकैछिनमा लास जुरुक्क उठ्यो । चिताको छेवैमा बसेर रोइरहेका अम्बरलाई अजम्बरले बोलाउँदै भने– छोरा ! यहाँ आइज त ! मैले फलाना फलानासँग यतियति पैसा लिन बाँकी छ, अपर्झटमा परेर म यहाँ आइहालें । तँलाई भन्न भुसुक्कै बिर्सेछु । यति सम्झाउँ भनेर हंसको सहारामा एकछिन ब्यूँतेर म यहाँ आएको छु ।

बुबाले आफ्नो कुरा भनिसक्ने बित्तिकै अजङ्गको रुप भएको यमदूत देखा प-यो र भन्यो– तेरो समय सक्यो, अब तैंले जल्नुपर्छ । यमदूतको यस्तो कुरा सुन्ने बित्तिकै अजम्बर पहिलेकै रुपमा गए र निष्प्राण भए । मलामी गएकाहरु अजम्बरको चर्तिकला देखेर अचम्ममा परे ।

No comments:

Post a Comment