Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

सम्झनाका तरेलीहरु

-डुकछिरिङ लेप्चा
मिरिक, डुपटिन   


धेरै वर्षको अन्तरालपछि अचानक प्रियाको फोन आउँछ विजयलाई ! हेलो कस्तो छौ विजय ..?

दुवैमा भलाकुसारीको सुरुवात । म त ठिकै छु हजुर कस्तो हुनुहुन्छ प्रियाको सुमधुर आवाज ! कुराकानीको क्रममा विजयको आँखा अघि पुरानो यादहरू सबै ताजा भएर आउँछन् र आँखा रसिन्छन्  ।

मोबाइलमा नै सत्य  कुरा भन्नु पछि परेनन् प्रिया ! विजय मेरो त बिहे भयो नि खानदान केटोसित । तिमीसित त मायाको शब्दहरू केवल थिए त्यसलाई पूरा गर्ने सपनाहरू थिएनन् र त्यहाँ भविष्य पनि थिएनन् ।

यसैले मलाई अर्कै बाटो हिड्न कर लाग्यो । साँचो माया गर्नेहरू कति आउँछन् जान्छन् । अचानक मोबाइलको ब्याट्री डाउन भएझैं दुवैको कुराकानी पनि सकिन्छ । विजयलाई थाहा थियो कि गरिबीको कारण प्रियाले मसित जिन्दगी बिताउन सक्दैन भनेर ।
मनमनै विजयले गुनगुनाउँछन् पैसाले मायाको अघि अनेक अभिनय गराउँछन् भन्ने कुरा अथवा सबै वर्तमान प्रेमका उपजहरू हुन् । विजयलाई पछुतो लाग्दैन कारण प्रियाको स्वभावमा अनेक परिवर्तनका छालहरू उर्लेर आउँदै गरेको समय उसको साथ छोडीदिएको थियो । विजयले बुझेको थियो कि नजान्ने बाटोको नामै नसोध्नु । जिन्दगीमा धोका खाएपछि धेरैले आत्महत्यालाई समाधानको बाटो बनाउँछन् । तर धेरै ज्ञानी असल स्वभावको विजय आफ्नो आमाबुबाको सपना पूरा गर्न विदेशतिर पैसा कमाउन लाग्छन् । नभन्दै समयको अन्तरालमा विजय विदेशबाट फर्की आउँछन् उता प्रिया  भने पश्चातापको आगोमा जलिरहेकी हुन्छिन् ।

No comments:

Post a Comment