भैया
-सुरेन्द्र लाभ
जनकपुर
'कवाडवाला ! कवाडवाला’ बाहिरबाट कसैको आवाज आयो । भित्र सानो बाबुलाई खाना ख्वाई राखेकी कामगर्ने बैनीले बाबुलाई डरायी – 'बाबु छिटो छिटो खाउ नत्र उ हेर बाहिर भैया आयो, समातेर लग्छ ।’ भैयाको डरले बाबुपनि छिटो छिटो खान थाल्यो । बिस्तारै यो प्रकृया नियमित भैहाल्यो ।
बाबु अलि ठूलो भयो । विद्यालय जान थाल्यो । एकदिन सहपाठीले सोध्यो, 'तिम्रो घर कहाँ पर्छ?’
'जनकपुर’ बाबुको जवाफ थियो ।’ ए त्यसो भए तिमी भैया छौ ।’ सहपाठीको संशय व्यक्त भयो । बाबुले प्रतिवाद गर्यो – 'हैन, भैया त कवाडीवाला, तरकारीवाला हुन्छ ।’ तर सहपाठीले पुनः आत्मविश्वास व्यक्त ग-यो – 'तिमी पनि त्यही छौ ।’
बाबु घर फर्किनासाथ सोधिहाल्यो – 'के म भैया हो ?’ म अनुत्तरित भएँ । के जवाफ दिउँ? कसरी जवाफ दिउँ ? बाल मस्तिष्कलाई कसरी सन्तुष्ट पारुँ? निःशब्द भएँ ।
No comments:
Post a Comment