Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

बिरामी

-गङ्गा आचार्य सापकोटा
बागलुङ हाल– काठमाडौँ  
 



'कोठामा  असरल्ल लुगाफाटा, कापी किताब । भान्सामा केही दिन देखिको धेर–थोर बासी खाना । वरिपरि छरिएका भाँडाकुँडा अनि भित्र–बाहिर कसिङ्गर ।’
पट्यारलाग्दो दृश्य ।

भर्खरै ज्वरोबाट तङ्ग्रीएकी गौरीलाई औडाह छुट्यो । लामो सास तान्दै भान्साको कुर्सीमा थचक्क बसिन् र चारैतिर नजर घुमाउँदै सोचिन् । ‘कहाँबाट सुरु गरुँ काम !’

उनका श्रीमानले सायद गौरीको मनस्थिति बुझेछन् क्यारे ।
उनका हातमा कोमल स्पर्श गर्दै भने । ‘‘गौरी, तिमी बिरामी हुनु भनेको सिङ्गो घर बिरामी हुनु रहेछ ।’’

No comments:

Post a Comment