Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

 गहिरो माया

-डुकछिरिङ लेप्चा
मिरिक, डुपटिन, दार्जीलिङ


माया भन्ने शब्दले संसार अडिएको छ ! छुट्नै नसक्ने अवस्था सागर र प्रियाको । जति गहिरो रात उति दुई जनाको नछुटिने साथ । चिट्ठीको जमाना होइन यो मोबाइल र फेसबुकको धेरै माया बसिसकेछ लैला–मजनुकोजस्तै । भोलिपल्ट आमाले थाहा पाउँछिन् सागरको मोबाइल क्रिङ......क्रिङ....

आमाले फकाउँदै छोरी सागर त गरिब परिवारको केटो, तैंले दुःख  पाउँछिस् । यही मङ्सिरमा आउँदैछ तेरो हात माग्न रिमाल काकाको जेठो छोरो । खानदान परिवारको मान्छे । घरमा सरकारी कर्मचारीभन्दा धेरै नोकर चाकरहरु छन् । तेरो लागि सोचेको छु ।

प्रियाको अनुहारमा अनायसै कुहिरो लाग्छ ! माया शब्दमा आमा र छोरीको भिन्नता । समयले कोल्टे नफेर्दै गाउँ शोकमा डुब्छ ! प्रियाले संसार छाडिन् ! छाती पिट्दै आमाले भनि छोरीको मायालाई त्यो नोकरहरुको मायाले पनि रोक्न सकेन ।

No comments:

Post a Comment