Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

बेलुन संसार

-सरण राई
धरान 


रङ्गीचङ्गी बेलुनहरु उडिरहेका छन् । उडाउनेहरुमा ईष्यायुक्त प्रतिस्पर्धा छ । प्रतिस्पर्धा दुश्मनीमा परिणत भइरहेको छ ।
तराई मधेसी बेलुन फुट्यो । खुसी भए अरुहरु.........
जनजाति आदिवासी बेलुन फुट्यो । खुसी भए अरुहरु........
दलित बेलुन फुट्यो । खुसी भए अरुहरु........
महिला बेलुन फुट्यो । खुसी भए अरुहरु.........
अग्रगमनको बेलुन झन् नराम्ररी फुट्यो । खुसी भए प्रतिगमनकारीहरु........
जनता बेलुनहरु फुटे । सरकारी तानासाही बेलुन उडिरहेको छ । कतिबेला फुट्छ पर्खिरहेका छन् न्यायप्रेमीहरु........

त्यहाँ लोकतान्त्रिक ’नेपाली बेलुन’ उडेको छैन, बनिएको नै छैन कि ?! जेहोस् बेलुनहरु आकाशमा उडे । रमितेहरुलाई रमाइलो भयो नै होला । बेलुन उत्सव सकियो । तापनि प्रश्न उठिरह्यो – बेलुन बनाउने र बेलुनमा हावा भर्ने को होला ?

बेलुनहरु भारतमा बन्दा रहेछन र हावा भर्ने ’भैंया’ रहेछ । नेपाली बेलुन भारतमा बन्न नसक्दो रहेछ । कहिले नेपालमा नै नेपाली बेलुन बन्ला ? अर्को बेलुन उत्सव कहिले होला ? बेलुन उडाउने खेलाडीहरुका साथै रमितेहरु प्रतीक्षारत छन्.......!

No comments:

Post a Comment