सकस
-एकल यात्री
मन्थली १३ रामेछाप, हालः कङ्गो
बिहानको खाना खाएर आराम गर्नुप¥यो भन्दै कुर्सीमा के बसेको कात्र थियो । दाहिना पट्टिको छाती चसक्क दुख्यो । तुरुन्तै देहले आत्मालाई भन्यो, ‘‘बिना कसुर किन दुःख दिएको होला ?’’
उसैबेला फोक्सो र मुटुको घमासन लडाइँ लडिरहेको आत्माले देख्यो र प्रश्न ग-यो, ‘‘तिमीहरु बेकारमा किन यो देहलाई सकस दिन्छौ ? आ–आफ्नै ठाउँमा शान्त भएर बस्न सक्दैनौं ?’’
उता छाती दुःखाइको पीडा चर्किरहेको देखेर आत्माले देहलाई किन सकस दिनु भन्दै फोक्सो र मुटुको सम्बन्धलाई छुटाइदियो ।
एकछिन त देह पनि आराम मानेर बस्यो तर केही समयपछि अक्सिजन र रगत शरीरको अङ्गमा नपुगेर देहलाई झन् सकस भयो ।
अन्त्यमा देहले आत्मालाई भन्यो, ‘‘लौ न म बर्बाद हुने भएँ बरु मुटु र फोक्सोको सकस नै ठीक थियो ।’’
No comments:
Post a Comment