Tuesday, November 21, 2023

लघुकथा समाचार

आउँदैछ १०१ जनाको लघुकथा 


सामान्यतयाः प्रश्न उठ्ने गरेको छ– लघुकथा के हो ? लघुकथाको तात्विक अर्थ के हो ? लघुकथा भनिनुलाई वा हुनुलाई त्यसभित्र कुन–तङ्खव अन्तरनिहित हुनुपर्दछ ?

यी प्रश्नको जवाफमा विद्वान् समालोचक, साहित्यकार र स्वयम् लघुकथाकारहरुले विभिन्न प्रकारका मत दिएका छन् । हामी भने समष्टिगत रुपमा यत्ति भन्छौं– हामी उभिएको यही धरातलको परिवेशभित्र रहेर मान्छेको जीवनसँग सम्बन्धित जुनसुकै कोणमा केही लेखिन्छ भने, तर सशर्त त्यो लेखनीमा कथानक हुनै पर्छ र संरचनाको दृष्टिकोले त्यो पट्ट्यारलाग्दो हुनु हुँदैन– त्यो लघुकथा हो ।

‘छचल्का’मा वि.सं. १९९२ मा जन्मिएका दुर्लभलाल सिंहदेखि २०४१ मा जन्मिएका कुमार कारुलेसम्म १०१ जना लघुकथाकारहरुका लघुकथा समेटिएका छन् । आकारका हिसाबले कुनै अलिक साना र कुनै अलिक लामा लघुकथा छन् । अक्षर गनिएका छैनन् । तर, पाठकले यी सबै रचनाका मर्मलाई समान गणना गर्नु हुनेछ भन्नेमा हामी आशावादी छौं ।

No comments:

Post a Comment